२० बैशाख २०८१, बिहिबार

नेकपा र नेकपा (माओवादी समाजवादी) बीच आज पार्टी एकता हुँदै


नेत्रविक्रम चन्द र कर्णजित बुढा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच आज पार्टी एकता हुँदै छ ।

नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले हिजो एक सूचना सार्वजनिक गर्दै प्रज्ञा भवन कमलादीमा आज अपरान्ह २ बजे पत्रकार सम्मेलन आयोजना गरेर पार्टी एकताबारे शीर्ष नेताहरूले जानकारी दिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !