१५ बैशाख २०८१, शनिबार

शीतल निवासबाट बिदाइ भइन् निवर्तमान राष्ट्रपति भण्डारी


विद्यादेवी भण्डारी

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति निवास शीतलनिवासबाट बिदाइ भएकी छन् । निवर्तमान राष्ट्रपति भण्डारी दुई कार्यकाल पूरा गरी आज शीतल निवासबाट बिदा भएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गाडीसम्मै पुगेर निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए । निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखीझ्याल उपहार दिएर बिदाइ गरेका थिए ।

उनी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो । निवर्तमान राष्ट्रपति भण्डारीको दोस्रो चरणको पाँच वर्षे कार्यकाल हिजो रातिदेखि सकिएको थियो ।

कार्यकाल सकिएपछि निवर्तमान राष्ट्रपति भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण समारोहमा सहभागी भएर शीतलनिवास छोडेकी हुन् । पौडेलको शपथग्रहण समारोहबाटै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल फागुन २५ गते निर्वाचित भइसकेकोले निवर्तमान राष्ट्रपति भण्डारीले शीतलनिवास छोडेकी हुन् ।निवर्तमान राष्ट्रपति भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने भनिएतापनि घरको मर्मत नसकिएकोले शीतलनिवासबाट बालुवाटारस्थित छोरीको निवासमा सरेकी हुन् ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन् ।

 बिदाइ भइन् निवर्तमान राष्ट्रपति भण्डारी  बिदाइ भइन् निवर्तमान राष्ट्रपति भण्डारी बिदाइ भइन् निवर्तमान राष्ट्रपति भण्डारी बिदाइ भइन् निवर्तमान राष्ट्रपति भण्डारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !