काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरेका छन् ।
आज बिहीबार साँझ आफ्नी श्रीमतीसँग बालुवाटार पुगेका नवनियुक्त राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले खादा ओढाएर नवनियुक्त राष्ट्रपति पौडेललाई स्वागत गरेका हुन् ।