२३ भाद्र २०८१, आइतबार

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका हुन् । आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !