२ कार्तिक २०८१, शुक्रबार

राष्ट्रपति निर्वाचनको लागि आज मतदाताविरुद्ध उजुरी दिन सकिने


निर्वाचन आयोग

काठमाडौँ । राष्ट्रपति निर्वाचनको लागि आज मतदाताविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने आयोगले बताएको हो ।

निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । आगामी फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन तालिका रहेको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ ।

मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !