१४ असार २०८१, शुक्रबार

काँग्रेस सभापतिहरुको भेला असार ५ देखि हेटौँडामा


Nepali Congress नेपाली काँग्रेस

 जेठ, हेटौंडा । नेपाली काँग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेला असारको पहिलो साता हुने भएको छ । काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलका अनुसार असारको ५, ६ र ७ गते ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा भेला गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसअघि असारको २, ३ र ४ गते सभापतिहरुको भेला हेटौंडामा गर्ने भनिएपनि असार २ गते मुस्लिमहरु चाड ईद पर्व परेकोले ५, ६ र ७ गते गर्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

केन्द्रीय समितिको आयोजनामा हुने भेलाको व्यवस्थापनका लागि काँग्रेस मकवानपुरका सभापति एवं ३ प्रदेश संसदीय दलका ईन्द्रबहादुर बानियाँलाई जिम्मा दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !