९ मंसिर २०८१, आइतबार

एमाले दक्षिणपन्थी अवसरवादी, माओवादी ढुलमुले पार्टी हो : अध्यक्ष नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी र नेकपा (माओवादी केन्द्र) वर्ग अडान स्पष्ट नभएको ढुलमुले भएको आरोप लगाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन व्यांकेटमा आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोहोर्‍याउने वा नडोहोर्‍याउने जिम्मा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डको हातमा पुगेको उल्लेख गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु गठबन्धन टुट्नुको कारण रहेको समेत उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसलाई दलाल पुँजीपति वर्गको हितको प्रतिनिधित्व गर्ने पार्टी भनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको राजनीतिक दल भनेको छ । राप्रपा सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी भएको टिप्पणी गरेको छ ।

नेपालको प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादी केन्द्रको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको स्पष्ट पारेको छ । अध्यक्ष नेपाल राजनीतिक प्रतिवेदनमा कांग्रेस ठूलो दल बनेपछि घमण्ड बढेको र सत्ता भएपनि सत्ता केन्द्रित सोच र फाइदा हुने भएपछि विचार, सिद्धान्त र नीति त्याग्ने हिड्ने प्रवृत्ति प्रमुख भएको उल्लेख छ ।

उनले आफ्नो पार्टीसहित कांग्रेस–माओवादीको गठबन्धन टुट्नुका कारणहरु औँल्याएका छन् । प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादी केन्द्रको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको उल्लेख गरिएको छ ।

यस्तो छ अध्यक्ष माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !