७ मंसिर २०८१, शुक्रबार

सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक


देवराज घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्नेछ ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज शनिबार निर्वाचन हुँदैछ । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकले प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएको हो । उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

आजको बैठकमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !