७ मंसिर २०८१, शुक्रबार

कांग्रेसले मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाउने


मुक्ताकुमारी यादव

काठमाडौँ । नेपाली कांग्रेसले सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । कांग्रेसले समानुपातिक सांसद यादवलाई उपसभामुखको उम्मेदवार बनाउने भएको हो ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज शुक्रबार बिहान बसेको संसदीय दलको कार्यसमिति बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने सहमति गरेको हो ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी महोत्तरी निवासी यादव केन्द्रीय सदस्य चयन हुँदा उनले सर्वाधिक ३९६० मत ल्याएकी थिइन् । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा रानामगरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट रास्वपाकी रानामगरले नयाँ वानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन रहेका छन् ।

यो पनि पढ्नुहोस्

रास्वपाकी इन्दिरा रानामगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !