१२ श्रावण २०८१, शनिबार

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्र र एमालेले आलोपालो गर्ने


राजकुमार शर्मा र यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले आलोपालो गर्ने भएका छन् । कर्णाली प्रदेशमा एमालेको अडानपछि माओवादी केन्द्रसँग आधा-आधा कार्यकाल सरकार चलाउने सहमति भएको हो ।

आज बिहीबार दिउँसो बसेको एमाले-माओवादी दलको बैठकले आधा-आधा कार्याकाल सरकार चलाउने सहमति भएपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

कर्णालीमा पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व लिएपछि एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने सहमति भएको हो । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भएपनि कर्णालीमा दुई दलको बैठकले आलोपालो नेतृत्व गर्ने समझदारी गरेको हो ।

कर्णालीमा माओवादी केन्द्र र एमालेले गरेको सहमतिसँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् । आजै प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्री दाबी पेश गर्दैछन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !