१० मंसिर २०८१, सोमबार

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मको लागि सर्‍यो


प्रतिनिधिसभा_संसद

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मको लागि सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक दुई घण्टा ढिलो दिउँसो १ बजेसम्मको लागि सरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदबाट विश्वासको मत लिंदै छन् । प्रधानमन्त्री प्रचण्डले अधिकतम सहमति जुटाएर सवै दलको समर्थनमा विश्वासको मत लिन कोसिस गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेकोले गर्दा प्रतिनिधिसभाको बैठक सारिएको आंकलन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ भने सो पार्टीको संसदीय दलको बैठक अझसम्म बस्न सकेको छैन । कांग्रेसले आजै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने बताएको छ ।

यता नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले सरकारलाई सर्तसहित समर्थन गर्दै विश्वासको मत दिने निर्णय गरेको हो । तर सरकारले आफ्नो सर्त पूरा नगरेमा समर्थन फिर्ता लिन सक्ने पनि उक्त पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !