
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक जारी रहेको हो ।
आज सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको पहिलो बैठकअघि माओवादी संसदीय दलको बैठक जारी रहेको हो । बैठकमा प्रतिनिधिसभाको बैठक, भोलि मंगलबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत र अन्य राजनीतिक घटनाक्रम जस्ता एजेण्डाहरुमा छलफल जारी रहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र प्रतिनिधिसभाका सांसदहरु सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिने भएपछि माओवादी ह्विप लगाउने विषयमा पनि छलफल हुँदै छ ।