काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचन तयारी गरिएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको सर्वदलीय बैठकमा सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ ९ गतेभित्र गर्ने विषयमा दलहरूले सहमतिमा गरेका हुन् ।
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमति भएको हो । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले आगमी माघ ९ गतेभित्र सभामुख र उपसभामुख चयन गर्न सर्वदलीय बैठकमा लगभग सहमति जुटेको जानकारी दिए ।
लेखककाअनुसार माघ ७ गते सभामुख र माघ ९ गते उपसभामुखको निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमति जुटेको बताए । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक पुस २५ गते सोमबार बस्ने भएको छ । आगामी पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन् ।