२३ बैशाख २०८१, आइतबार

सन् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री प्रचण्ड


प्रचण्डको तेस्रो इन्ट्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् । प्रधानमन्त्रीले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !