७ पुस २०८१, आइतबार

राप्रपाका अधिकांश नेताहरु देखिए सरकारमा जानुपर्ने पक्षमा


राप्रपाको केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अधिकांश नेताहरु नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड; नेतृत्वको सरकारमा जानुपर्ने पक्षमा देखिएका छन् ।

धुम्बाराहीस्थित केन्द्रिय पार्टी कार्यालयमा जारी कार्यसम्पादन समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले नेपालपत्रलाई बताए । ४० सदस्यीय कार्यसम्पादन समितिमा बाँकी बोल्न रहेका १५ जना नेता बाहेक अहिलेसम्म बोलेका बहुमत नेताहरुले सरकारमा जानुपर्ने आवाज उठाएका छन् ।

बहुमत सदस्यले सरकारमा जानुपर्ने धारणा राखेपछि उक्त पार्टीले सरकारमा जानुपर्ने निर्णय गर्ने सक्ने प्रवल सम्भावना रहेको छ । यद्यपि अहिलेसम्म पार्टीले आधिकारिक रुपमा निर्णय गरिसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !