७ मंसिर २०८१, शुक्रबार

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने लगभग निश्चित


रवि लामिछाने फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने लगभग निश्चित भएको हो । नेकपा (माओवादी केन्द्र) का महासचीव देव गुरुङले नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आज भएको सात दलीय सत्ता गठबन्धनको बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृह मन्त्रालय दिने पर्ने स्थिति सिर्जना भएको स्वीकार गरे ।

यसले गर्दा सत्ता समीकरण मिलाउँदा लामिछानेले गृह मन्त्रालय पाउने निश्चित जस्तै भएको हो । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय दिने भनिएपनि अन्तिममा आएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रोजेपछि लामिछानेले गृह मन्त्रालय पाउने निश्चित भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !