काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयमै रहेको स्पष्ट पारेका छन् । आज बसेको सात दलीय सत्ता गठबन्धनको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै लामिछानेले आफ्नो दावी उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा भएपनि सोको टुंगो प्रधानमन्त्री प्रचण्डले लगाउने बताए ।
उनले राज्य सञ्चालनका लागि तत्काल सानो चुस्त मन्त्रालय बनाइने तर मन्त्रालयको भागबण्डाबारे निर्णय नभएको बताए । आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।