१४ पुस २०८१, आइतबार

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगो लाग्न बाँकी छ । पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने भएका हुन् ।

श्रेष्ठले यसअघि परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन् ।​ आज ११ बजे सत्ता गठबन्धनको बैठक बस्दै छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न ४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !