७ मंसिर २०८१, शुक्रबार

चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान गर्छन् : प्रदेश प्रमुख गुरुङ


पृथ्वीमान गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविध चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान दिने बताएका छन् ।

इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहेको उल्लेख गरेका छन् ।

हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भ उल्लेख गर्दै उनले यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विश्रका इसाई धर्मका अनुयायीहरूले हरेक वर्षको डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउने गरिएको सन्देशमा भनिएको छ । यस पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव सामाजिक एकता र भातृत्व कायम गर्ने उनले अपेक्षा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !