१२ पुस २०८१, शुक्रबार

गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बनाउन शीर्ष नेताहरु सहमत


सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

काठमाडौँ । नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न बसेको सत्ता गठनबन्धनका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बनाउन शीर्ष नेताहरु सहमत भएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको बैठकपछि संचारकर्मीसंग कुरा गर्दै सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका हुन् । कार्कीले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद नरहेको जिकिर गरे ।

कार्कीले जनताले दिएको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको बताउँदै सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भोलि बिहान बैठक बसेर निर्णय लिइने बताए ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्की सहभागी भएका थिए । यस्तै माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत र एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरू राजेन्द्र पाण्डे र बेदुराम भुसाल सहभागी भएका थिए।

सत्ता गठबन्धन दलहरूले यसअघि आफ्नै नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेका छन् । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ मा एक साताको समय निर्धारण गरेकी थिइन् ।

राष्ट्रपतिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि भोलि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी छन् ।

यो पनि पढ्नुहोस्

देउवाले ‘ग्रीन सिग्नल’ नदिएमा प्रचण्ड ओलीतिर ढल्किन बाध्य हुने

आफूलाई प्रधानमन्त्री बनाउन बालुवाटार पुगेर प्रचण्डले गरे देउवालाई ताकेता

गठबन्धन छोडेर पहिला प्रधानमन्त्री बन्न प्रचण्डको नजर एमालेतिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !