२६ बैशाख २०८१, बुधबार

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा चयन


रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन भएका छन् । आज बसेको उक्त पार्टीको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध निर्वाचित भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ १३ सिट गरी जम्मा २० सिट जितेको छ।

यद्यपि दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी रहेको छ । आज बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्नुका साथै सरकारमा जाने वा नजाने विषयमा पनि छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !