७ मंसिर २०८१, शुक्रबार

यी हुन् काँग्रेसका समानुपातिक तर्फका ३२ सांसदहरु (सूचीसहित)


काँग्रेस शीर्ष नेताहरुको बैठक

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आफ्नो पार्टीका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । आज शनिबार काठमाडौँको सानेपास्थित पार्टी केन्द्रिय कार्यालय बसेको काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले प्रतिनिधिसभातर्फको ३२ समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको हो ।

यद्यपि कांग्रेसले आधिकारिक रूपमा समानुपातिक तर्फका ३२ सांसदहरुको नाम सार्वजनिक नगरेपनि एक पदाधिकारीले सहमति जुटिसकेको बताएका छन् ।काँग्रेसले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५७ सीट जितेको छ भने समानुपातिकतर्फ ३२ सिट पाएको छ ।

यी हुन् काँग्रेसका समानुपातिक तर्फका ३२ सांसदहरु

आदिवासी जनजातितर्फ

१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन

खस आर्यतर्फ

९. अम्बिका बस्नेत
१०. सरिता प्रसाईं
११. आरजु राणा देउवा
१२. ईश्वरी न्यौपाने
१३. प्रतिमा गौतम
१४. मञ्जु खाँण
१५. रमा कोइराला पौडेल
१६. कान्तिका सेजुवाल
१७. मैना रावल कार्की

मधेसीतर्फ

१८. नागिना यादव
१९. मुक्ता कुमारी यादव
२०. चन्दा चौधरी
२१. संगिता मण्डल
२२. निनुकुमारी कर्ण

दलिततर्फ

२३. शान्ति विक
२४. रुपा विक
२५. सीता मिजार
२६. आशा विक

थारुतर्फ

२७. कल्पना चौधरी
२८. विना कुमारी थनेत

मुस्लिमतर्फ

२९. जावेदा खातुन् जागा

तीन पुरुष (विकल्पसहित)

३०. जीवन परियार (दलिततर्फ)
३१. विमलेन्द्र निधि (मधेसीतर्फ)
३२. प्रकाशशरण महत (खस आर्यतर्फ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !