४ असार २०८१, मंगलबार

यी हुन् नेकपा (एस) का समानुपातिक ९ प्रदेश सांसदहरु (सूचीसहित)


एकीकृत समाजवादी फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । आज शनिबार बसेको एकीकृत समाजवादीको १३औँ स्थायी समितिको पूर्ण बैठकले प्रतिनिधिसभातर्फको प्रदेश समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको स्थायी समितिको बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा सदस्यको नाम छनोट गरिएको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रदेश नं १

१. विद्या चाम्लिङ राई

मधेस प्रदेश

२. रत्नेश्वर गोइत यादव,

३. किशोरी देवी

४. लक्ष्मी देवीको

बागमती प्रदेश

५. मायादेवी शर्मा

६. ओमकुमारी श्रेष्ठ

लुम्बिनी प्रदेश

७. भगवती अधिकारी

कर्णाली

८. कल्याणी खड्का

सुदूरपश्चिम

९. माया पन्त

सिफारिस सदस्यको नाम आजै निर्वाचन आयोगमा पठाइएको छ । सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको बैठकले निर्वाचनको प्रारम्भिक समीक्षा गरी आगामी पुस ५ गतेभित्रमा सबै जिल्लाको निर्वाचन विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशनसमेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु