१३ बैशाख २०८१, बिहिबार

संसद् सचिवालयले भन्यो – चोलेन्द्रलाई नियमित कामकाज गर्न दिनु


संसद् सचिवालय

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियमित कामकाज गर्न दिन निर्देशन दिएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिंदै नियमित कामकाज गर्न दिन भनेको हो ।

संसद सचिवालयले विभिन्न ६ वटा निकायलाई पत्र समेत पठाएको छ । संघीय संसद् सचिवालयले प्रधानन्यायाधीशमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै नियमित कामकाज गर्न दिन पत्र पठाएको हो ।

संसद सचिवालयद्वारा जारी गरिएको पत्रमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समेत पत्र दिएर जानकारी गराइएको छ ।

संसद सचिवालयले प्रधानन्यायाधीश जबरालाई दिएको पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले मिति २०७१/०८/२० मा तत्कालीन प्रतिनिधि सभामा पेस भएको महाभियोग सो प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको हुँदा निष्प्रभावी भएकोले प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नको लागि सम्बन्धित निकायहरूलाई जानकारी गराइदिनुहुन भन्ने ब्यहोराको निवेदन यस सचिवालयमा दिनु भएको विषय अनुरोध गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !