७ मंसिर २०८१, शुक्रबार

महाकाली नदी अतिक्रमणको बारेमा सरकारले पठायो भारतलाई कूटनीतिक नोट


परराष्ट मन्त्रालय

काठमाडौँ । महाकाली नदी अतिक्रमणको बारेमा नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । सरकारले महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादतीको विषयलाई लिएर भारतलाई कुटनीतिक नोट पठाएको हो ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत महाकाली नदीलाई नेपाली भूमितर्फ धकेल्ने गरी जारी तटबन्ध निर्माण र दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई तुरुन्त रोक्न कुटनीतिक नोट पठाएको हो ।

एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ । यसअघि हिजो सोमबार गृह मन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीको बारेमा स्थलतगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !