फाइल फोटो
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । नेकपा एसले हालको सत्ता गठबन्धनलाई भविष्यमा समेत निरन्तरता दिने निर्णय गरेको हो ।
चुनावी परिणामबारे छलफल गर्न आज मंगलबार बसेको नेकपा एसको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो । एकीकृत समाजवादीले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालेको हो ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई चित्त बुझाउनको विकल्प नभएको उक्त पार्टीले निष्कर्ष पनि निकालेको छ । यद्यपि नेकपा एसको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भविष्यमा पनि कायम राखेर जाने निर्णय गरेको हो ।