१५ असार २०८१, शनिबार

नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन


Nepali-congress

२ जेठ, महेन्द्रनगर । नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ ।

तीन दशकपछि १३ औँ जिल्ला अधिवेशनवाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो ।

दिनभरिको व्यापक छलफलपछि पूर्वजिल्ला सचिवसमेत रहेका गिरीको सभापतित्वमा गठित जिल्ला कार्यसमितिको उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव, र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !