८ बैशाख २०८१, शनिबार

देश जोगाउने शक्ति एमालेलाई मतदान गर्न अध्यक्ष ओलीको आग्रह


केपी शर्मा ओली

गौरादह । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश जोगाउने शक्ति एमालेलाई मतदान गर्न आग्रह गरेका छन् । झापाको क्षेत्र नं १ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

उनले मङ्सिर ४ गतेको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने हुँदा मतदातालाई संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गर्न आग्रह गरेका हुन् ।

निर्वाचनबाट देश जोगाउने शक्ति आउनुपर्ने भन्दै उनले भने, “यसले जनताको भाग्य र भविष्यको फैसला गर्नेहुँदा बेलैमा होस पुर्याउनुस् ।” अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको जिकिर गर्दै अहिले आम मतदातालाई जे गर्छौं भनेको छ चुनावपछि त्यही गर्ने आश्वासन दिए ।

उनले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए । जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताएका छन् । झापाको गौरीगञ्जमा आज आयोजित चुनावीसभामा उनले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले एमालेले महिलालाई महिनावारी हुँदा मासिकरूपमा रु एक हजार पाँच सय सेनिटरी प्याड किन्न दिने बताए । “त्यसका लागि एमालेकै सरकार बन्नुपर्छ”, अध्यक्ष ओलीले भने, “एमालेको सरकार बनेपछि महिलाले त्यो समस्या भोग्नुपर्ने छैन ।”

पूर्वप्रधानमन्त्री ओलीले एमालेको नेतृत्वको सरकार हुँदा हुलाकी मार्ग निर्माण सुरु भएको बताए । उनले नागरिकताको समस्या, सुकुम्बासी समस्या अब समाधान गरिने बताए । “जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनेछ”, उनले भने, “हामीले गैरनेपालीलाई नागरिकता नदिने भनेका हौँ ।”

अध्यक्ष ओलीले गौरीगञ्जलाई स्मार्टसिटीका रूपमा विकास गरिने बताए । उनले हुलाकी राजमार्ग बनिसकेपछि गौरीगञ्जको विकास हुने बताए । यस्तै ओलीले नदी नियन्त्रणका लागि काम भइरहेको बताए । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । गौरीगञ्जमा उनको अन्तिम चुनावीसभा हो ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वकानूनमन्त्री तथा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश (१) का सदस्यका उम्मेदवार तथा संविधान सभासदस्य रवीन कोइराला र (२) की उम्मेदवार राप्रपाकी सविना बजगाइँले कार्यक्रममा सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !