गगनको प्रतिबद्धता : कपनस्थित खहरे खोलाको समस्या २ वर्षभित्र समाधान हुन्छ Nepalpatra गगनको प्रतिबद्धता : कपनस्थित खहरे खोलाको समस्या २ वर्षभित्र समाधान हुन्छ
१८ मंसिर २०७९, आइतबार

गगनको प्रतिबद्धता : कपनस्थित खहरे खोलाको समस्या २ वर्षभित्र समाधान हुन्छ


गगनकुमार थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या २ वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थापाले आज आयोजित घरदैलो कार्यक्रममा उहाँले दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ”, उनले भने । आगामी दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान नभए अर्को निर्वाचनमा आफू भोट माग्न नआउने उनको भनाइ छ ।

महामन्त्री थापाले खहरेको छेउमा रहेका घर अगाडिको फोहरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन मतदातालाई आग्रह गरे । बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ र १२ हुँदै वडा नं १० तिर बग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गर्छ ।

उनले बाढीको समस्या समाधान गर्न पटक–पटक गरी सवा अर्बभन्दा बढी रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिए । महामन्त्री थापाले खहरेको समस्या समाधानका लागि ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’को प्रस्ताव अघि बढाएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !