१३ बैशाख २०८१, बिहिबार

एमालेले जहाँ टेक्छ, त्यहाँ विकास हुन्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन् । अध्यक्ष ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी गरेका हुन् ।

आज बिहीबार झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ टेक्यो त्यहाँको विकास भएको दावी गरेका हुन् ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य-मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’

चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि सरकारमा आउनै पर्ने बताए । उनले भने, ‘पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको होला । महेन्द्रको पालामा पूर्व-पश्चिम राजमार्ग बने होलान् । तर, आधुनिक जमानामा देखाउन लायक काम एमालेले नै गरेको छ ।’

उनले धरहरा, रानीपोखरी, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर पुरानै ढाँचामा बनाएको भन्दै उनले जनकपुरमा एमालेकै कारण नेपालको आफ्नै रेल चल्न थालेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !