७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री देउवाले आज बैतडी र दार्चुलामा चुनावी सभालाई सम्बोधन गर्ने


शेरबहादुर देउवा डडेल्धुरा फाइल फोटो

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बैतडी र दार्चुलामा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । चुनावी प्रचार प्रसारको क्रममा धनगढीमा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका प्रधानमन्त्री देउवाआजदेखि फेरि सक्रिय हुने भएका हुन् ।

आज सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ । आजै नै कैलालीको निर्वाचन क्षेत्र ३ को सुख्खडमा हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्ने जनाइएको छ ।

आइतवारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन् ।

भेटघाटका क्रममा सभापति देउवाले आसन्न चुनावमा पार्टीको अवस्थाका विषयमा नेता कार्यकर्तासँग जानकारी लिइरहेका छन् । धनगढी आएपछि प्रधानमन्त्रीको त्यस्तो कुनै औपचारिक चुनावी कार्यक्रम भने गरेका थिएनन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेलधुराको प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले कात्तिक १७ देखि २० गते सम्म डडेलधुरामै बसेर विभिन्न पालिकामा भएका सत्ता गठबन्धनका चुनावी सभालाई सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !