
काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन: जटिल भएको छ ।
प्रचण्डको सचिवालयका अनुसार सीताको ललितपुरको मेडिसिटी अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी उनको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार पुन: अस्पताल भर्ना गरिएको हो ।
सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी गत कात्तिक १४ गते डिस्चार्ज भएकी थिइन् ।