१० असार २०८१, सोमबार

ओली आज पोखरा जाँदै, गण्डकीका तीन आमसभालाई सम्बोधन गर्ने


के प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट भएको हो त ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै छन् । एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा जान लागेका हुन् ।

अध्यक्ष ओलीले आज गण्डकी प्रदेशका तीनवटा आमसभालाई सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजे पोखराको राष्ट्रिय सभा गृहमा हुने कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् ।

अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल ( बैरागी) कार्यक्रममा सहभागिता रहनेछ ।

यस्तै, गण्डकी प्रदेशसभातर्फ १ (१) का खगराज अधिकारी १ (२) का वेदबहादुर गुरुङ, क्षेत्र नम्बर २ (१) का भीम कार्की, २ (२) की मीना गुरुङ, क्षेत्र नम्बर ३ (१) का गणेशमान गुरुङ, ३ (२) का उम्मेदवार राजीव पहारी सभामा सहभागी हुने बताइएको छ ।

त्यस लगत्तै बागुलुङको बुर्तिवाङमा हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै आज दिउँसो २ बजे अध्यक्ष ओलीले स्याङ्जाको सदरमुकाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !