१२ बैशाख २०८१, बुधबार

राष्ट्रपति भण्डारी आज आइसल्याण्डको भ्रमणमा जाँदै


विद्यादेवी भण्डारी भ्रमण फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्याण्डको भ्रमणमा जाँदै छिन् । राष्ट्रपति भण्डारी आज साँँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाने भएकी हुन् ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उनी आजदेखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले यसअघि नै जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज आइसल्याण्ड भ्रमणमा जाने बताएका छन् । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ ।

सोही भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी कतार एयरवेजकै जहाजमार्फत कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्किनेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !