संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक रहेको छ : नेता सिंह Nepalpatra संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक रहेको छ : नेता सिंह
२२ मंसिर २०७९, बिहिबार

संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक रहेको छ : नेता सिंह


प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।

सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार कानून बनाउन आवश्यक रहेको उहाँनको भनाइ छ । काठमाडौँ क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए ।

“संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्यो”, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु