१२ असार २०८१, बुधबार

देउवाको गृह जिल्ला डडेल्धुरामा आज गठबन्धनले शक्ति देखाउने


शेरबहादुर देउवा डडेल्धुरामा फाइल फोटो

डडेल्धुरा । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आज वाम लोकतान्त्रिक गठबन्धनले शक्ति देखाउने भएको छ । आफ्नो जिल्लामा चुनावी प्रचार-प्रसारका लागि प्रधानमन्त्री देउवा निजी हेलिकप्टरमार्फत हिजो अपराह्न धनगढी पुगेका थिए ।

आज दिउँसो साढे १२ बजे डडेल्धुरामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवाको उपस्थितिमा गठबन्धनले शक्ति प्रदर्शन गर्ने भएको हो । शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट आफ्ना नेता तथा कार्यकर्ता र समर्थकलाई गाडीबाट ओसारिरहेको छ ।

देउवा ४ दिन जिल्लाका विभिन्न चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको छ । देउवाको सचिवालयका अनुसार उनले भोलि शुक्रबार बिहान ११:३० बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, सोही दिन दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

यस्तै कात्तिक १९ गते शनिबार बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवाले सम्बोधन गर्ने छन् । प्रधानमन्त्री गृहजिल्ला आउने भएपछि डडेल्धुराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !