२२ भाद्र २०८१, शनिबार

चुनाव प्रचारमा कांग्रेस नेता डा. शशांक कोइराला अस्वस्थ


डा. शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चुनाव प्रचार-प्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हुन् ।

उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उहाँ अस्वस्थ भएका हुन् ।

अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधानले कोइरालाको दिमाख (ब्रेन) मा रक्तप्रवाह कम भएको बताए । चिकित्सकीय भाषामा यसलाई टिआईए भनिन्छ । आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रधानले अन्य परीक्षण जारी रहेको जानकारी दिए । अस्पतालको आकस्मिक कक्षसँगै रहेको ‘अब्जर्भेसन’ कक्षमा कोइरालालाई राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !