२ जेष्ठ २०८१, बुधबार

कांग्रेसको संकल्प पत्र आज शनिबार सार्वजनिक गरिँदै


नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीको संकल्प पत्र आज शनिबार सार्वजनिक गर्दै छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको संकल्प पत्र आज शनिबार सार्वजनिक गर्ने भएको हो ।

सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज कात्तिक १२ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !