८ असार २०८१, शनिबार

कांग्रेसले बागी उम्मेदवारी निष्क्रिय पार्न दियो कात्तिक ४ गतेसम्मको माैका


नेपाली कांग्रेस

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई निष्क्रिय पार्न आगामी कात्तिक ४ गतेसम्मको माैका दिएको छ ।

नेपाली कांग्रेसको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका बागी उमेदवारहरुलाई कात्तिक ४ गतेसम्मको समय दिएर उम्मेदवारी फिर्ताको सार्वजनिक घोषणा गरे कारबाही फुकुवा गर्ने जनाएको हो ।

कांग्रेसका मुख्यसचिव पौडेलले विज्ञप्ति जारी गरेर कात्तिक ४ गतेसम्म उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन् । काँग्रेसले बागी उम्मेदवारी दिई असोज २६ गते बिहान १० बजेदेखि अपरान्ह १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएकाहरूलाई पार्टीले सो समय दिएको हो ।

यस्तो छ हेर्नुहोस् काँग्रेसले निकालेको प्रेस विज्ञप्ति

काँग्रेसले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !