१२ आश्विन २०८१, शनिबार

कार्तिक ५ गतेभित्र जरिवाना रकम नबुझाए समानुपातिक बन्दसूचीबाट नाम हटाइने


निर्वाचन आयोग

काडमाडौं । निर्वाचन आयोगले आगामी कार्तिक ५ गतेभित्र जरिवाना रकम नबुझाए समानुपातिक तर्फको बन्दसूचीबाट नाम हटाइने बताएको छ । आयोगले आइतबार एक सूचना जारी गर्दै जरिवाना रकम बुझाउन निर्देशन दिएको हो ।

आमागी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको आयोगको गत भदौ ३१ को निर्णयानुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना गरेका उम्मेदवारले कार्तिक ५ गतेभित्र जरिवाना रकम नबुझाए समानुपातिक तर्फको बन्दसूचीबाट नाम हटाइने बताएको हो ।

स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भएर तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरूले आगामी कार्तिक ५ गतेभित्र जरिवाना रकम बुझाउनुपर्ने भएको आयोगले ताकेता गरेको हो ।

यस्तै जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा बन्दसूचीबाट नाम हटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ ।

यस्तो छ निर्वाचन आयोगले निकालेको सूचना

आयोगले निकालेको सूचना 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !