१२ आश्विन २०८१, शनिबार

जवाफी फायरको तयारीमा जसपा : मधेश सरकारबाट कांग्रेस र माओवादीका मन्त्री हटाइँदै


लालबाबु राउत

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा रहेका ४ जना मन्त्रीलाई बर्खास्त गरेपछि जसपाले पनि काउन्टर बदलाको तयारी गरेको छ ।

देउवा सरकारमा रहेका जसपाका मन्त्रीहरूलाई हटाएसँगै जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले पनि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरूलाई हटाउने जवाफी फायरको तयारी जसपाले गरेको हो ।

प्रधानमन्त्री देउवाले जसपाबाट सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई हटाएका हुन् ।

जसपाका मन्त्रीहरूलाई हटाएसँगै यसको साइड इफेक्ट मधेस प्रदेशमा देखिने भएको हो । प्रधानमन्त्री देउवाले सरकारमा रहेका जसपाका चारजना मन्त्रीलाई हटाएसँगै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि आफ्नो मन्त्रीमण्डलमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरूलाई हटाउने तयारी गरेका हुन् ।

मुख्यमन्त्री राउतले हटाउने तयारी गरेपछि गठबन्धनका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउने तयारी समेत गरेको पनि बुझिएको छ । जसपाले एमालेसँग चुनावी तालमेलका गरेपछि आज प्रधानमन्त्री देउवाले जसपाका ४ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

यद्यपि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका मन्त्रीहरु शुक्रबार बिहान सामूहिक राजीनामा बुझाउने तयारी गरेका हुन् । हाल मधेस प्रदेश सरकारमा माओवादीका दुई मन्त्री र एक राज्य मन्त्री, एकीकृत समाजवादीका एक मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसका तीन जना मन्त्रीहरू छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाद्वारा जसपाका चार मन्त्रीहरु बर्खास्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !