१२ श्रावण २०८१, शनिबार

आयोगद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको विवरण सार्वजनिक


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ । आयोगले निर्वाचनको कार्यतालिका अनुसार आज आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार आज साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकेअनुसार नामावली प्रकाशन गरेको हो । भोलि बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ ।

भोलि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ । आयोगका अनुसार भोलि नै अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

प्रतिनिधिसभातर्फ २२९१ पुरुष र २३५ महिलासहित २५२६ जनाको उम्मेदवारी परेको आयोगले यसअघि जनाएको थियो । यस्तै प्रदेशसभातर्फ ३१७८ पुरुष, २९७ महिला र एक अन्य गरी ३४७६ जनाको उम्मेवारी परेको आयोगले जनाएको थियो ।

आयोगले आज मंगलबार साँझ प्रतिनिधिसभातर्फ २५३० जनाको नामावली सार्वजनिक गरेको छ । प्रदेशसभार्तफ ३४८१ जनाको विवरण सार्वजनिक गरिएको छ ।

यस्तो छ प्रतिनिधिसभाका उम्मेदवारको नामावली विवरण

यस्तो छ प्रदेशसभाका उम्मेदवारको नामावली विवरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !