काठमाडौं । सत्ता गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । गठबन्धनले भोलि बुधबार दिउँसो १ बजेसम्म बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार बसेको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताहरुले समयभित्रै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।
बागी उम्मेदवारी फिर्ता गराउन सम्बन्धित पार्टी निकायहरुलाई पनि सम्पूर्ण प्रयास गर्न अनुरोध गरिएको छ । तोकिएको समयसिमाभित्र उम्मेदवारी फिर्ता नलिनेलाई सम्बन्धित पार्टीले निष्कासन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गठबन्धनको निर्णय कार्यान्वयन गराउन सम्बन्धित निकायलाई समेत निर्देशन दिइएको छ । निर्णयमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीबाट माधव कुमार नेपाल र जनमोर्चाबाट चित्रबहादुर केसीले निर्णयमा हस्ताक्षर गरेका छन् ।
यस्तो छ हेर्नुस् सत्ता गठबन्धनको निर्देशन