१५ असार २०८१, शनिबार

आज दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने बताएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दर्ता भएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने आयोगले जनाएको हो ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिको विरोधमा उजुरी दिन सकिनेछ । कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज सो समय निर्धारण गरिएको हो ।

आज उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

यस्तै असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको छ । आयोगका अनुसार असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको छ ।

असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ । असोज २६ गते दिउँसो १ देखि ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ । आयोगका अनुसार सोही दिन अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

कार्यतालिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !