९ असार २०८१, आइतबार

कांग्रेसले विनोद चौधरीलाई नवलपरासी पश्चिम-१ बाट दियो टिकट


विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसले धनाढ्य उद्योगपति विनोद चौधरीलाई नवलपरासी क्षेत्र नं. १ बाट टिकट दिएको छ । कांग्रेसले चौधरीलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।

कांग्रेस संसदीय बोर्डको निर्णय अनुसार चौधरीले आज बर्दघाट पुगी मनोनयनपत्र दर्ता गराउनेछन् । २०६४ को संविधानसभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !