१२ असार २०८१, बुधबार

सरकारलाई आयोगको निर्देशन : कुनै पनि कर्मचारीको सरुवा नगर्नू


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई कुनै पनि कर्मचारीको सरुवा नगर्न निर्देशन दिएको छ । आयोगले असोज कुनै पनि कर्मचारीको सरुवा नगर्न नेपाल सरकारका नाममा निर्देशन जारी गरेको हो ।

असोज ५ गते बुधबारसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिन पनि आयोगले सरकारलाई निर्देशन पनि दिएको छ । आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ मतदान गर्न पाउनेगरी कर्मचारी समेतको अस्थायी मतदाता नामावली संकलन गरिरहेको छ ।

सर्वोच्च अदालतले विभिन्न समयमा दिएका आदेशको पालना गर्दै आयोगले कैदी तथा थुनुवा, सरकारी कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्न पाउनेगरी अस्थायी नामावली संकलन गर्न लागेको हो ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरु लगायत सबै सार्वजनिक निकायहरुलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ गरिसकेकाले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिएको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !