७ पुस २०८१, आइतबार

राष्ट्रपति भण्डारी संविधान दिवस मूल समारोहमा सरिक


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा सहभागी भइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !