७ मंसिर २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली र विश्व बैंकका उपाध्यक्षबीच शिष्टाचार भेट


एमाले अध्यक्ष ओली र विश्व बैंकका उपाध्यक्षबीच शिष्टाचार भेट

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र विश्व बैंकका उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेट भएको छ ।

उपाध्यक्ष राइजरले अध्यक्ष ओलीलाई उनको निवास बालकोट पुगेर आज बिहान भेट गरेका हुन् । भेटमा उपाध्यक्ष राइजरले विश्व बैंक नेपालसँग दीर्घकालीन र बलियो साझेदारी गर्न चाहेकोले उपयोगी र अति आवश्यक आयोजनाहरूको छनौट पनि भएको बताए ।

सो अवसरमा अध्यक्ष ओलीले राजनीतिक, आर्थिक, सामाजिक चुनौतिका बावजुद नेपाल विकासको यात्रामा अगाडि नबढी रहन नसक्ने बताएका थिए । भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल र डा. अन्जान शाक्य सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !