२० बैशाख २०८१, बिहिबार

देउवा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि विप्लव समूहले दियो धन्यवाद


प्रकाण्ड

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने देउवा सरकारले गरेको निर्णयको स्वागत गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आज पार्टीको धारणा सार्वजनिक गर्दै भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले मुद्धा खारेजीबारे निर्णय गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रकाण्डले बताए ।

उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो पार्टीबीच भएको सहमति अनुसार भएको समेत जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी र केपी ओली नेतृत्वको सरकार बीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो ।

आफ्नो माग पुरा भएकोमा प्रकाण्डले देउवा सरकार लगायत वार्ता प्रक्रियामा सहभागी सबैलाई पार्टी धन्यवाद ज्ञापन गर्दै तीन बुँदे सहमतिमा उल्लेखित नेपाल कम्युनिस्ट पार्टीको दायित्वप्रति पार्टी इमानदार, प्रतिबद्ध रहेको र सहमतिको मर्मलाई अक्षरशः कार्यान्वयन गर्न दृढ भएको जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !