१४ आश्विन २०८१, सोमबार

विशेष कारणवश भन्दै प्रतिनिधिसभाको बैठक आज पनि स्थगित, अव भोलि बस्ने


संसद बैठक

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे बस्ने भनिएको पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक विशेष कारणवश भन्दै स्थगित गरेर भोलि बिहान ११ बजे बस्ने भएको छ । संसद सचिवालयको प्रतिनिधिसभाका सचिव गोपीनाथ योगीले बैठक बस्ने समय परिवर्तन भएको सम्वन्धी सूचना जारी गरेका छन् ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधि सभा बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने र पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ पारित गरियोेस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

यसअघि हिजो पनि विशेष कारणवश भन्दै प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सारिएको थियो । हिजो बिहान ११ बजे बस्ने भनिएको पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक विशेष कारणवश भन्दै दुई घण्टा पछि सारेर दिउँसो १ बजे बसेको थियो ।

यस्तो छ हेर्नुस् सूचना

प्रतिनिधिसभाको बैठक स्थगित

यप पनि पढ्नुहोस्

विशेष कारणवश भन्दै प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सारियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !